logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हत्यामा संलग्न रहेको आरोपमा दुई जना बालक पक्राउ


अंकुरण खबर
1.092K
Shares

धरान उपमहानगरपालिका–११ बिष्णु चोक बस्ने ३१ वर्षीय सन्दिप लम्जेलको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनकुटा सागुरीगढी घर भई धरान उपमहानगरपालिका–१५ बगरकोटस्थित सेकुवा कर्नरमा काम गर्दै आएका १७ वर्षीय र १३ वर्षीय बालक रहेका छन् ।

उनीहरूमध्ये १७ वर्षीयलाई धनकुटाको छिन्ताङबाट शनिबार र १३ वर्षीयलाई धरानको बगरकोटबाट शुक्रबार पक्राउ गरिएको हो ।

घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

धरान उपमहानगरपालिका–५ तल्लो देउराली सुन्दर बस्ती छेउ सेउती खोला बगरमा बिहीबार बिहान शरीरको विभिन्न भागमा धारिलो हतियारले घोपेको तथा काटिएको अवस्थामा सन्दिप लम्जेलको शव फेला परेको थियो ।

शारीरिक सम्बन्ध राख्ने केटी खोजी देउ भन्दै उनीहरूलाई लम्जेलले धम्काई गाली गलौज गरेको रिसिवीमा उनीहरुले हत्या गरेको प्रहरीले जनाएको छ ।

उनीहरुले झुक्यानमा पारी लम्जेललाई उक्त खोलामा बोलाई छुरा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको भनाई प्रहरीको छ ।

उनीहरूमाथि जिल्ला अदालत सुनसरीबाट ज्यान सम्बन्धी कसूरमा ५ दिन म्याद थप अनुमती लिई थप अनुसन्धान भइरहेको छ ।