logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पोखरामा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ


अंकुरण खबर
1.872K
Shares

पोखरा महानगरपालिका–४ चिप्लेढुङ्गास्थित जय परियारको साननानी दोहोरी साँझभित्र जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१५ बस्ने स्याङ्जा वालिङ नगरपालिका–३ घर भएका २४ वर्षीय दिपक गुरूङ लगायत छन् । उनीहरुलाई सोमबार राती पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८४ हजार ६ सय ५० रूपैयाँ र ४ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।