logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

धनकुटामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु


अंकुरण खबर
1.248K
Shares

धनकुटाको धनकुटा नगरपालिका–६ मा गएराती मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको छ ।

धनकुटाबाट धरानतर्फ जाँदै गरेको मे ६ प १७५६ नम्बरको मोटरसाइकल गएराती २ बजे अनियन्त्रित भइ पल्टिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।