logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सप्तरीमा बसको ठक्करबाट युवकको मृत्यु


अंकुरण खबर
1.69K
Shares

सप्तरीको कंचनरुप नगरपालिका–१२ मा गएराती बसको ठक्करबाट एक युवकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा अन्दाजी ३० वर्षीय युवक रहेका छन् । मृतकको सनाखत हुन बाँकी रहेको छ ।

पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ८२५ नम्बरको बसले गएराती ९ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा संलग्न बस सहित चालकलाई इलाका प्रहरी कार्यालय कंचनपुरले नियन्त्रणमा लिएको छ ।