logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गेटा मेकिडल कलेजलाई विश्वविद्यालय बनाउन भट्टको प्रस्ताव


अंकुरण खबर
1.638K
Shares

सांसद दीपकप्रसाद भट्टले गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउन प्रस्ताव गरेका छन् ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले सुदूरपश्चिममा स्वास्थ्य क्षेत्रको विकासका लागि भए पनि गेटा मेडिकल कलेजलाई प्रतिष्ठान होइन राष्ट्रिय चिकित्सा शिक्षा विश्वविद्यालय बनाउनुपर्ने बताए ।

‘देशमा चार दर्जन मेडिकल कलेज र सातवटा प्रतिष्ठान छन्,’ उनले भने, ‘अब सुदूरपश्चिममा स्वास्थ्य क्षेत्रको विकासका लागि गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउँ ।’

धनगडीमा मेडिकल कलेज खोल्नुभन्दा गेटालाई विश्वविद्यालय बनाउनु उचित हुने उनको भनाइ छ ।