logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रौतहटमा मेडिकल कलेज र कृषि विश्वविद्यालय स्थापना गर्न देव तिमल्सिनाको प्रस्ताव


अंकुरण खबर
1.404K
Shares

नेपाली कांग्रेसका नेता तथा सांसद देवप्रसाद तिमल्सिनाले रौतहटमा मेडिकल कलेज स्थापना गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा  आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले सरकारको क्रमबद्ध मेडिकल कलेज सुधार र थप्दै लैजाने कार्यक्रमअनुसार रौतहटमा एउटा मेडिकल कलेज स्थापना गर्न आग्रह गरेका हुन् ।

मानव सूचकांकदेखि सबै क्षेत्रमा सबैभन्दा पछाडि परेको र मधेश प्रदेशकै बीचमा भाग रहेको रौतहटमा मेडिकल कलेज स्थापना गर्न आग्रह गर्दै उनले मधेश प्रदेश अन्न भण्डार रहेकाले रौतहटमै कृषि विश्वविद्यालय स्थापना गर्न माग गरे ।

यसबाट किसानलाई पनि लाभान्वित हुने उनको भनाइ छ ।