logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

इन्टरनेट जुनसुकै बेला जान सक्ने


अंकुरण खबर
442
Shares

नेपाल विद्युत् प्राधिकरण र इन्टरनेट, केबुल टेलिभिजन तथा टेलिफोन सेवा प्रदायकहरूबीच चलिरहेको पोल भाडा विवादको मूल्य  सर्वसाधारणले चुकाउनु परिरहेको छ ।

उनीहरूबीच चलिरहेको विवाद अझै सुल्झन सकेको छैन ।

भाडा नतिर्ने र नयाँ भाडा सम्झौता गर्न पनि अटेरी गर्न थालेपछि प्राधिकरणले उनीहरूको लाइन काट्दै आएको छ ।

प्राधिकरणले भाडा असुली नभएको भन्दै इन्टरनेट, टेलिफोन तथा केबुल टेलिभिजन सेवा प्रदायकहरूको कार्यालय तथा डाटा सेन्टरहरूमा बिजुली कटौती गर्न थालेको छ ।

प्रदायकहरूले इन्टरनेट तथा सञ्चारजस्तो अत्यावश्यकीय सेवा जुनसुकै बेला प्रभावित हुन सक्ने चेतावनी दिइरहेका छन् ।