logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

तारा एयर दुर्घटनामा ज्यान गुमाएकाको शव आज परिवारलाई बुझाइँदै


अंकुरण खबर
1.261K
Shares

आइतबार पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका २२ जनाको शवको  पोस्टमार्टम भएको छ ।

विमान दुर्घटनामा मृत्यु भएकाको शव सोमबार र मंगलबार दुई चरणमा नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।

दुर्घटनामा ज्यान गुमाएका चालकदलका तीन सदस्यसहित १३ जना नेपाली र चार भारतीय तथा दुईजना जर्मन नागरिकको शव दुई चरणमा काठमाडौं ल्याइएको थियो ।

विमान दुर्घटनामा ज्यान गुमाएकाको शव आज परिवारलाई  हस्तान्तरण गरिने छ ।