दरबार हत्याकाण्ड भएको २१ वर्ष पुगेको छ ।आज जेठ १९ गते दरबार हत्याकाण्ड भएको थियो ।
२०५८ साल जेठ १९ गते भएको दरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको वंश नै विनाश हुनेगरी राजपरिवारका सदस्य र आफन्तको एकै ठाउँमा हत्या भएको थियो ।हत्याकाण्ड अहिले पनि रहस्यमै छ ।
नारायणहिटी दरबार अहिले सङ्ग्रहालयका रुपमा रहेको छ र सङ्ग्रहालयभित्र रहेको तत्कालीन राजा वीरेन्द्र शाहको निजी निवास ‘श्री सदन’ पनि नागरिकका लागि खुला राखिएको छ ।