logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सफ्टवेयरको सोर्स कोड चोरी गरी बिक्री वितरण गरेको आरोपमा एक जना पक्राउ


अंकुरण खबर
416
Shares

प्रहरीले सफ्टवेयरको सोर्स कोड (कम्‍प्युटर स्रोत संकेत) चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भिमाद नगरपालिका १ किहुँ घर भएका ३५ वर्षीय सन्तोष सिग्देल रहेका छन् । उनले ललितपुर सानेपामा म्‍याट्रिक्स सफ्टेक प्रालि सञ्चालन गर्दै आएका छन् ।

‘राजस्व व्‍यवस्थापन’ नामक सफ्टवेयरको सोर्स कोड चोरी गरी बौद्धिक सम्‍पत्तिमा आघात पुर्‍याएको भन्‍दै प्रहरीको साइबर ब्‍यूरोले पक्राउ परेको हो । उनले उक्त सफ्टवेयरको सोर्स कोड चोरी गरी विभिन्‍न स्थानीय तहमा बिक्री गर्दै आएका थिए ।

पक्राउ परेका सिग्देलविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको साइबर ब्‍यूरोले जनाएको छ ।