logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विपद‍्बाट बच्न सबैलाई यस विषयमा जानकारी दिनुपर्न : प्रजिअ गौतम


अंकुरण खबर
1.222K
Shares

प्रभावकारी रूपमा मनसुन पूर्वसूचना प्रवाहका लागि विगतको अनुभव र आगामी कार्ययोजना विषयमा जिल्लास्थित सूचना प्रदायहरूबीचको समन्वय ब‌ैठक राजविराजमा बिहीबार सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले विपद‍्को जोखिमबाट बच्न बालबालिकादेखि वृद्धलाई विपद‍्को बिषयमा जानकारी दिनुपर्ने बताए । उनले भने, ‘त्यसो गर्न नसकेकै कारण विपद‍् आएपछि हामी धेरै जोखिममा रहेको छ ।’

जोखिम क्षेत्रको पहिचान नभएसम्म जोखिमको महत्त्व नबुझी जोखिम न्यूनीकरण नहुने उनले बताए । विपद‍्बाट जोगिन समयमा नै तयारी गर्‍यो भने क्षति पनि हुँदैन । खर्च पनि कम हुने भनाइ प्रजिअ गौतमको थियो ।

नेपालको प्रत्येक नागरिकलाई विपद‍्पूर्व तयारीको सूचना प्रभावकारी रूपमा सम्प्रेषण गर्न पत्रकारहरूले महत्त्वपूर्ण भूमिका खेलिरहेका छन् ।

विपद‍््का कारण पत्ता लगाएर समाधानका लागि सम्बन्धित निकायमात्र जिम्मेवार भयो भने केही हदसम्म विपद‍् न्यूनीकरण हुनेमा उनले जोड दिए ।

कार्यक्रममा दुर्गा बहादुर थापा, पत्रकार महासंघका निवर्तमान सदस्य अवधेश झा, नेपाल पत्रकार महासंघका उपाध्यक्ष अम्बिका दाहाल, निवर्तमान उपाध्यक्ष सुधा देव, पत्रकारद्वय विनयलाल कर्ण,चन्दन यादव, विपद‍्् सम्पर्क व्यक्तिहरू अमित पाठक, राजेश झा, ज्योतिष यादव परियोजना संयोजक श्रवण चौधरीलगायतले आ-आफ्ना धारणा राखेका थिए ।

कोसीपीडित समाजका कार्यकारी निर्देशक देवनारायण यादवले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।