पर्माकल्चर विधिबाट ओखलढुंगाको निशंखेमा पहिलो पटक तरकारी उत्पादन गरिएको छ । सुख्खाग्रस्त क्षेत्रका किसानलाई अभिप्रेरित गर्ने उद्देश्यले स्वयंसेवी अभियान नेपालले यो विधिबाट तरकारी उत्पादन गरिएको छ ।
यस विधिबाट आलु, फूलगोभी, साग, प्याजलगायतका तरकारी उत्पादन गरिएको छ । एकपटक पर्माकल्चर विधिबाट खेती गरेपछि पटक पटक मलजल तथा खनजोत गर्नु नपर्ने, अर्गानिक उत्पादन हुने र उत्पादन बढ्ने भएपछि यो विधि उपयोगी छ ।
रासायनिक मल र विषादिका कारण बिग्रिएको जमिनको उर्वराशक्ति बढाउन पर्माकल्चर विधि उपयोगी मानिन्छ । यस विधिमा जमिनमुनि १४ इञ्चसम्म पत्कर, स्याउला, जैविक मल र माटोको तहतह बनाएर खेती गरिन्छ ।