जापानमा सम्राट आकिहितोले स्वेच्छाले राजगद्दी परित्याग गरे। जापानमा दुई शताब्दीपछि सम्राटले त्यसरी पहिलो पटक स्वेच्छाले गद्दीत्याग गरेका हुन्।
नेपालमा पनि राजाले विभिन्न कालखण्डमा गद्दीत्याग गरेको इतिहास पाइन्छ।
आधुनिक नेपालमा २४० वर्ष शासन गरेको शाहवंशमा पनि राजाले गद्दी त्यागेका तीनवटा घटना छन्।
कस्तो परिस्थिति र कुन समयमा भए ती राजगद्दी परित्यागका घटनारु इतिहासकार ज्ञानमणि नेपालसँग गरिएको कुराकानीको आधारमा यो विवरण तयार पारिएको छ।
रणबहादुर शाह आधुनिक नेपालका संस्थापक पृथ्वीनारायण शाहका नाति हुन्।
बुवा प्रतापसिंह शाहको अल्पायुमै मृत्यु भएपछि रणबहादुर शाह बाल्यकालमै राजा भए।
उनलाई राजकाजमा सघाइरहेका काका बहादुर शाहले नेपालको एकीकरण पूरा गरेपछि १८ वर्षमै राजा रणबहादुर शाहसँग सम्पूर्ण अधिकार आइपरेको थियो।
रणबहादुरलाई स्त्रीहरूप्रति विशेष लगाव थियो। उनका सात(आठ वटा प्रेमिकाहरू रहेको पाइन्छ।
त्यस क्रममै सत्बिउ छर्न आएकी एक सुन्दरी महिला कान्तवतीमाथि दरबारका कर्मचारीहरूले राजाको आँखा पारिदिए। रणबहादुरले जनकपुरकी ती ब्राह्मण विधवालाई दरबारमा ल्याएर राखेका थिए।
रणबहादुर शाहले खडा गरेको नजिरका आधारमा राजा राजेन्द्रकी कान्छी पत्नीले समेत आफ्ना छोरालाई राजगद्दीको माग गरेपछि नेपालमा सन् १८४६ ९१९०३ साल०मा कोतपर्व घटेको थियो।
राजा राजेन्द्रका दुईवटी रानीहरू थिए।
जेठो छोराले गद्दी सम्हाल्ने परम्पराकै आडमा जेठी रानी साम्राज्ञलक्ष्मीदेवीका छोरा सुरेन्द्र युवराज भए पनि कान्छी रानी राज्यलक्ष्मीदेवीले आफ्ना छोरालाई राजा बनाउन खोजिरहेकी थिइन्।
राजा दुवैका सामु निरीह देखिए।
त्यो राजा दशरथले सामना गरेको अवस्थाजस्तो थियो। जेठी रानीको मृत्यु भएपछि भने उनलाई केही सहज भयो।
उनले कान्छी रानीलाई अधिकार र जेठा छोरालाई युवराजको पदवी दिए। तर अधिकार पाएकी रानीले आफ्नो पुरानै मागमा दरबारभित्र कित्ताकाट गर्न लागिन्।
त्यसरी दरबारमा सुरु भएको झगडाको आडमा कोतपर्वमार्फत् जङ्गबहादुरको उदय भयो।
शाहवंशका अन्तिम राजा ज्ञानेन्द्रले २०६२र६३ मा भएको जनआन्दोलनबाट पुर्नस्थापित भएको संसद्ले गणतन्त्र घोषणा गरेपछि त्यसलाई स्वीकार्दै गद्दीत्याग गरेका थिए।
विसं २०५८ जेष्ठ १९ गते नारायणहिटी राजदरबारमा भएको हत्याकाण्डमा राजा वीरेन्द्रको वंशनाश भएपछि उनका माइला भाइ ज्ञानेन्द्र राजा बन्न पुगेका थिए।