logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जनकपुरबाट भैरहवा आएकाे बस राेहिणी नदिमा खस्याे, ९ जनाको मृत्यु


अंकुरण खबर
962
Shares

भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा यात्रु बोकेको बस खसेको छ । आज बिहान करिब साढे ४ बजे खोलामा बस खस्दा बसमा रहेका ९ जनाको मृत्यु भएको छ।

जनकपुरबाट भैरहवा तर्फ आउदै गरेको लु२ख ३८४१ नम्बरको बस रोहिणी पुलको रेलिङ्ग तोड्दै खोलामा खसेको थियो । घाइतेहरुको भैरहवाको भिम अस्पताल र मेडिकल कलेजमा उपचारको लागी भर्ना गरिएको छ । दुर्घटनाबारे थप अपडेट आउन बाँकी रहेको रुपन्देही ट्राफिक प्रहरी प्रमुख केशव केसीले जानकारी दिए ।

रुपन्देहीमा रोहिणी नदीमा बस खस्दा ९ जनाको मृत्यु भएको छ ।

उनले प्रहरीले बसलाई निकालेको र घाईतेको उद्दार गरि अस्पताल पुर्‍याउने काम भएको बताए । चालक निदाएका कारण बस दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । मोडमा रहेकाे पुलका कारण पनि बस दुर्घटनामा पर्ने गरेका छन् ।

घाईते मध्ये २ जना बालक र ३ जना महिला रहेकाे बुझिएकाे छ ।

भीम अस्पतालमा उपचारका लागि ल्याइएका १३ जना घाइतेमध्ये एक महिला र तीन पुरुष तथा मेडिकल कलेजमा पुर्याइएका २० जनामध्ये ५ जना पुरुषको मृत्यु भइ मृतको संख्या ९ पुगेको हो।