logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बारामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु


अंकुरण खबर
1.339K
Shares

बाराको परवानीपुर गाउँपालिका–४ मा आज मोटरसाइकलको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारत घर भएकी ५५ वर्षीया गनजली देवी कोइरनी रहेकी छन् ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको क्रममा बयोधा अस्पताल वीरगन्जमा मृत्यु भएको हो ।

चितवनबाट वीरगन्जतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००४ प ४२०० नम्बरको मोटरसाइकलले पैदल हिडिरहेकी कोइरनीलाई आज बिहान १० बजे ठक्कर दिएको हो ।

मोटरसाइकल सहित चालकलाई इलाका प्रहरी कार्यालय परवानीपुरले नियन्त्रणमा लिएको छ ।