जाजरकोट जिल्लाको भेरी नगरपालिका थाप्ले ३ मा सञ्चालन भएको श्वास्थ्य शिविरमा १ हजार १ सय ५० जनाले सेवा लिएका छन् ।
स्थानीय श्री त्रिभुवन उच्च माबि को प्रांगणमा सम्पन्न नि: शुल्क श्वास्थ्य शिविरमा १ हजार १ सय ५० जनाले स्वास्थ्य परीक्षण गराउनुको साथै आवश्यक औषधि प्राप्त गरेका हुन् ।
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड काठमाडौँको आयोजनामा भएको उक्त शिविरमा मनमोहन मेमोरियल अस्पताल स्वयम्भुका बरिष्ठ स्वास्थ्यकर्मीहरु सल्य चिकित्सक डा. मुञ्ज श्रेष्ठ, स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.मनोर दिन सैयद ,हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डा.उजोन शाक्यले सेवा दिएका हुन् । त्यस्तै,डा.राजेन्द्र ढुंगाना, डा.धनुमाया गुरुङ ,सबिता ठकुरी,प्रकृति रेग्मी, सुजिता गिरी र रंजित गिरी लगायतको टोलीले सेवा दिएका हुन् ।
यस अघि पनि देशका विभिन्न बिकट ठाउँ पुगेर नि:शुल्क स्वास्थ्य शिविर र समाजसेवी कार्यहरु गर्दै आएका डा. सैयदले आफ्नो अस्पतालले सामाजिक उत्तरदायित्त्व अन्तर्गत यस्ता कार्यक्रमहरुलाई स्थापनाकालदेखि नै निरन्तरता दिएको बताए । साथै यो शिबिरबाट दुर्गमका स्थानीय जनताले उत्साहजनक उपस्थिति देखाई स्वास्थ्य परीक्षण गराएकाले आफ्नो टीम सन्तुष्ट भएको र आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने डा. सैयदको भनाई छ ।