logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आजबाट फोहोर उठ्ने, यो समस्या सधैका लागि समधान गछौं कामपा मेयर : बालेन शाह


अंकुरण खबर
1.027K
Shares

फोहोरले दुर्गन्धित भएको उपत्यकामा आजबाट फोहोर उठने भएको छ ।

फोहोर व्यवस्थापनबारे सरकार, काठमाडौं महानगर र स्थानीयवासीबीच त्रिपक्षीय सहमति भएसँगै आजदेखि फोहोर उठ्ने भएको हो । सोमबार शहरी विकास मन्त्रालयको पहलमा भएको सरोकारवालाको बैठकले फोहोर उठाउने सहमति गरेको थियो ।

बञ्चरेडाँडाको ल्याडफिल साइटमा उपयुक्त विधिअनुसार फोहोर विसर्जन गर्न दिन नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिका सहमत भएका छन् ।

बैठकमा शहरी विकास मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनका आधारमा जग्गाको मूल्यांकन गरी अधिग्रहण प्रक्रिया सुरु गर्ने प्रतिवद्धता जनाएको छ । प्रभावित क्षेत्रमा १० बेडको अस्पताल सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने सहमति भएको छ ।

काठमाडौं महानगरपालिकाले प्रभावित धुनिवेसी नगरपालिका-१,३,४ र ककनी-१,२ र ३ का प्रभावित क्षेत्रका बासिन्दाको स्वास्थ्य बिमा गर्नुपर्नेछ भने पूर्वाधार विकासका लागि विगतमा उपलब्ध गराउँदै आएको अनुदानलाई निरन्तरता दिइने छ । १० दिनभित्रमा रासायनिक र जैविक उपचार गरी सिसडोल क्षेत्रको दुर्गन्ध हटाउने कामको सुरुवात पनि गरिने सहमति पत्रमा उल्लेख छ ।

यसैबीच फोहोरको समस्या दीर्घकालिन रुपमा समधान गर्नुनै आफ्नो पहिलो प्रथामिकता भएकाले अब छिट्टै यो समस्या सधाको लागि समधान हुने काठमाडौं महानगरका मेयर बालेन शाहले बताएका छन् ।