logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पर्यटन मन्त्रीले आफ्नो जिल्लामा एक सयभन्दा बढी आयोजना पारे : भानुभक्त ढकाल


अंकुरण खबर
832
Shares

एमाले सांसद भानुभक्त ढकालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षकमा खर्च कटौती गरी एक रुपैयाँ राखियोस् भनी प्रस्ताव राखेका छन् ।

मंगलबार प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै ढकालले अर्थमन्त्रीले बजेट प्रस्तुत गर्दा पर्यटन मन्त्रीको जिल्लामा पर्यटन मन्त्रालयसम्बन्धी पाँच लाखका एक सयभन्दा बढी आयोजना पारिएको, एउटा नगरपालिकामा ३२ वटा आयोजना पारिएको तर समग्र मधेस प्रदेशमा पर्यटन मन्त्रालयसँग सम्बन्धित ४३ वटा पारिनुले बजेटमा विभेद गरिएको भन्दै खर्च कटौती गर्न प्रस्ताव प्रस्तुत गर्नुपरेको उनले जिकिर गरे ।

सांसद ढकालले गठबन्धन सरकारको आलोचना गर्दै अहिलेका पर्यटनमन्त्री बतास समूहसँग मिलेको आरोप पनि लगाए । हिजो कुरा नसिल्दा विरोध गरिएको, कारबाहीको दायरामा ल्याइए पनि अहिले गुपचुप राखिएको उनले बताए ।

मन्त्री प्रेमबहादुर आलेसँग मन्त्रालय चलाउने कुनै ज्ञान नभएको भन्दै खर्च कटौती गरी एक रुपैयाँ राख्दा उचित हुने बताए ।