logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पहिरोका कारण मुग्लिन हुँदै चल्ने सडक खण्ड ठप्प


अंकुरण खबर
975
Shares

पहिरोका कारण नौबिसे–मुग्लिन र मुग्लिन नारायणगढ सडक खण्ड ठप्प भएको छ । घोप्टेभिरमा ठूलो पहिरो खसेकाले गएराति ११ बजेदेखि नै नौबिसे – मुग्लिन सडकका सबै गाडी रोकिएका छन ।

ठूलो वर्षासँगै पहिरो पनि खसिरहेकाले पहिरो हटाउन एक्स्काभेटर र डोजर तयारी अवस्थामा राखिए पनि समस्या भएको हरी निरीक्षक एवम् मुग्लिनका इन्चार्ज  सुन्जित तामाङले बताए ।

ठूलो पहिरो खसेपछि यो सडक खण्ड हुँदै चल्ने गाडीलाई नाका नाकामै रोकिएको छ ।