logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

तेह्रथुममा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु


अंकुरण खबर
780
Shares

तेह्रथुमको म्याङलुङ नगरपालिका–१ डबलीमा हिजो साँझ ट्रयाक्टर दुर्घटना हुदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तेह्रथुमकै फेदाप गाउँपालिका–५ इसिबुका २६ वर्षीय रबिन खापुङ रहेका छन् ।

म्याङलुङबाट तमोरतर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त ४९८ नम्बरको ट्रयाक्टर हिजो साँझ अनियन्त्रित भइ सडकबाट अन्दाजी एक सय मिटर तल खसेको थियो ।

चालक खापुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।