logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमालेले बालेन्द्र शाहलाई पूर्णरुपले सहयोग गर्छः कृष्ण राई


अंकुरण खबर
949
Shares

प्रतिनिधि सभामा नेकपा एमालेका सांसद कृष्ण बहादुर राईले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई एमालेले पूर्णरुपले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

बिहीबारको प्रतिनिधि सभा बैठकको सून्य समयमा बोल्दै उनले उक्त प्रतिवद्धता जनाएका हुन् ।

‘भर्खर निर्वाचित भएर आएको बालेन शाहलाई म भन्न चाहन्छु– हिजो विद्या सुन्दर शाक्यलाई असहयोग गर्ने उपप्रमुख जस्तै आज उपप्रमुखको रुपमा विजय हासिल गर्नुभएको सुनिता डंगोलले तपाईलाई असहयोग गर्नेछैन,’ राईले भने, ‘तपाईँलाई हामी पूर्ण रुपले सहयोग गर्न चाहन्छौं । तर बालेन शाहले संयता अपनाएर अगाडि बढ्न जरुरी छ ।’

फोहोर मैलाले काठमाडौं वासीलाई अत्यन्तै अफ्ठेरो पारेको उनले बताए । काठमाडौंको फोहोर नउठ्दा सिंगो देशलाई प्रभावित बनेको उनले जनाए ।

‘मैले यस विषयमा प्रधानमन्त्रीको मात्र ध्यानाकर्षण गरेको छैन, गठबन्धनको ध्यानाकर्षण गरेको छु,’ उनले भने ।