logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

सेनिटरी प्याडमा भन्सार छुट ९०% :तर मूल्य उल्टै वृद्धि


अंकुरण खबर
1.573K
Shares

महिनावारी हुँदा महिलाले प्रयोग गर्ने सेनिटरी प्याडमा सरकारले भन्सार छुट दिएपछि राज्य, स्वदेशी उद्योग र उपभोक्ता उल्टो मर्कामा परेका छन् ।

तयारी प्याडको भन्सार १५ प्रतिशतबाट १।५ प्रतिशतमा झारिएको दुई साता नपुग्दै सबैजसो विदेशी प्याडको मूल्य झन् बढेको छ ।

विदेशबाट तयारी अवस्थामा आउने प्याडको मूल्य कम हुने भएको तर कच्चा पदार्थमा भन्सार यथावत् राखिएकाले स्वदेशी उद्योगको लगानी जोखिममा परेको छ ।

अहिले प्याडको ५ रुपैयाँदेखि १२ रुपैयाँसम्म मूल्य वृद्धि भएको छ ।