logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सन्धिखर्कमा रेविजविरुद्धको नि:शुल्क खोप


अंकुरण खबर
871
Shares

सन्धिखर्कमा छाडा छोडिएका कुकुरलाई रेविजविरुद्धको निस्शुल्क खोप लगाइएको छ ।  नेपाल पशु स्वास्थ सेवा प्राविधिक संघ (नेल्टा) अर्घाखाँचीका अध्यक्ष प्रदीप आचार्यसहितको टोलीले सन्धिखर्क बजारका मुख्य स्थानमा कुकुरलाई रेविजविरुद्धको खोप लगाएको हो ।

नेल्टाको स्थापना दिवसको अवसरमा खोप लगाइएको उनले बताए ।  उनीहररूले  अर्घाखाँची अस्पताल पुगेर बिरामीहरुलाई हर्लिक्स तथा विस्कुट वितरणसमेत गरेका थिए ।

लायन्स क्लबको सहआयोजनामा नेल्टाले बिरामीका लागि हर्लिक्स वितरणसहित सन्धिखर्क बजारमा कुकुरलाई  खोल लगाएको हो ।