logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मूल्यवृद्धि भए पनि निगमललाई १५ दिनमा ३ अर्ब ८९ करोड रुपैयाँ घाटा


अंकुरण खबर
1.625K
Shares

भारतीय आयल निगमलाई किस्ता तिर्न नसक्दा नेपाल आयल निगम ९एनओसी०ले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

आजदेखि लागू हुनेगरी निगमको सञ्चालक समितिले पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेलरमट्टितेलमा प्रतिलिटर १२ रुपैयाँ मूल्यवृद्धि गरेको हो ।

मूल्यवृद्धिसँगै पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७८ रुपैयाँ पुगेको छ भने डिजेलरमट्टितेलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ पुगेको छ ।
निगमले खाना पकाउने एलपी ग्यास वा हवाई इन्धनको मूल्य बढाएको छैन । बुधबारसम्म निगमले आइओसीलाई २० अर्बभन्दा बढी तिर्न बाँकी छ ।

निगमले हरेक अङ्ग्रेजी महिनाको ८ र २३ गते पेट्रोलियम पदार्थ खरिद गर्दा आईओसीलाई भुक्तानी गर्दै आएको छ ।निगमका प्रवक्ता विनितमणि उपाध्यायले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको महँगो र आईओसीको बक्यौताका कारण मूल्यवृद्धि गर्नुपरेको बताए ।

निगमले गत साता पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा मूल्यमा प्रतिलिटर १० रुपैयाँ घटाएको थियो ।