शनिबार बिहानै महसुस गरिएको भूकम्पको केन्द्रविन्दु भक्तपुरको चाँगुनारायण आसपास रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति २ बजेर ३६ मिनेट जाँदा ४ दशमलव ७ म्याग्निच्युडको परकम्प गएको हो । परकम्पको धक्का काठमाण्डौ उपत्यकाका साथै आसपासका जिल्लामा समेत महसुस गरिएको छ ।
भूकम्पको धक्का काठमाडौँ उपत्यकाका तीनै जिल्लाका साथै आसपासका जिल्लामा समेत महसुस गरिएको सर्वसाधारणहरूले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।