logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मर्स्याङ्दी गाउँपालिकाले बनायाे ४१ वटा कानुन


अंकुरण खबर
1.092K
Shares

लमजुङको मर्स्याङ्दी गाउँपालिकाले पाँच वर्षमा ४१ वटा ऐन, नियम तथा कार्यविधि बनाएकाे  छ ।

गाउँपालिकाले स्थानीय तहको अधिकारलाई उपयोग गर्दै आफ्नो आवश्यकता अनुसार ऐन, नियम, तथा कार्यविधि निर्माण गरेको हो ।

२०७४ को स्थानीय तह निर्वाचनमा चुनिएर आएका जनप्रतिनिधिले पहिलो पटक गाउँसभा सञ्चालन कार्यविधि निमार्ण गरेका थिए । सो पश्चात गाउँपालिकाले पाँच वर्षको अवधिमा १२ वटा ऐन, २१ वटा कार्यविधि, ४ वटा निर्देशिका, ३ वटा नियमावली र एक मापदण्ड बनाएकाे छ ।

सबै ऐन, कार्यविधि, नियमावली तथा निर्देशिका राजप्रत्रमा प्रकाशित गरी कार्यान्वयनमा समेत ल्याइएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए ।

पालिकाले आर्थिक ऐन, विनियोजन ऐन, सहकारी ऐन, कृषि व्यवसाय ऐन, प्रशासकिय कार्यविधि ऐन, आर्थिक कार्यविधी ऐन, स्थानिय शिक्षा शिक्षा ऐन, वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण ऐन, विपद जोखिम न्युनिकरण ऐन, संस्था दर्ता ऐन, जलश्रोत उपयोग लगायतका ऐन वनाएर पालिकाले कार्यन्वयन गरिसकेको जनाएको छ ।

त्यस्तै,गाउँ सभा सञ्चालन , एफएम रेडियो सञ्चालन, उपभोक्ता समिति गठन परिचालन तथा व्यवस्थापन सम्बन्धी, करार कर्मचारी व्यवस्थापन, असक्त असहाय विपन्न सहायता कोष सञ्चालन कार्यविधि, घरवहाल कर व्यवस्थापन,  विपद् व्यवस्थापन कोष सञ्चालन तथा व्यवस्थापन, आन्तरिक आय संकलन सम्बन्धी, टोल विकास सस्था गठन तथा परिचालन, नदी जन्य पदार्थ तथा अन्य पदार्थ उत्खनन, संकलन तथा ओसारपसार विक्रीवितरण सम्बन्धी कार्यविधि रहेका छन् । मदिरा नियन्त्रण, व्यवसाय दर्ता र गाउँपालिकाको स्वास्थ्य बिमा कार्यविधि पनि पारित गरी कार्यान्वनयमा ल्याइसकेको छ ।