logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बारामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु


अंकुरण खबर
663
Shares

बाराको महागढीमाई नगरपालिका–८ मा गएराती मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मोटरसाइकल थलही पुलबाट अनियन्त्रीत भई अन्दाजी २५ फिट तल खसेको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका अन्दाजी ३० बर्षीय दुई जना पुरुषको उपचारको क्रममा कलैया अस्पतालमा राती सवा ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुवैको सनाखत हुन बाँकी रहेको छ ।

बरियापुरबाट लैगडाचोक तर्फ जादै गरेको प्रदेश ०२–०३–००४ प ७९३४ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई गएराती साढे १० बजे थलही पुलबाट तल खसेको थियो ।