logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मिसेस एन्ड मिस गुरुङको अडिसन


अंकुरण खबर
572
Shares

एस के इन्टरटेनमेन्टको प्रस्तुतिमा आयोजना हुन गइरहेको ‘मिसेस एन्ड मिस गुरुङ २०२२, सिजन–३’ को पहिलो अडिसन सम्पन्न भएको छ । राजधानीमा सम्पन्न अडिसनमा काठमाडौंभित्र तथा मोफसलका ४० जना प्रतियोगीको उपस्थिति थियो ।

आयोजक शान्त तामाङले गुरुङ समुदायका अविवाहित र विवाहित महिलाहरूको कला संस्कृति तथा भाषालगायत समग्र व्यक्तित्व विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताइन् ।

अडिसनमा अभिनेता रमेश उप्रेती, कोरियोग्राफर रोजिन शाक्य, अभिनेता आनन्द गुरुङ, ‘मिसेस गुरुङ–२०२१’ चिनीमाया गुरुङ, ‘मिसेस गुरुङ–२०२१’ की ‘फस्ट रनरअप’ पुजा गुरुङ, ‘मिसेस तामाङ–२०२०’ आकृति तामाङ, ‘मिस इन्डिजिनियस–२०२१’ नम्रता तामाङ, ‘मिस गुरुङ–२०२१’ सुस्मिता गुरुङ र फिल्म निर्देशक दिप गुरुङ निर्णायक थिए ।

तीन वर्षदेखि आयोजना हुँदै आएको यो प्रतियोगिताको विजेताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको अवसरसँगै फिल्म, म्युजिक भिडियोमा पनि अभिनयको मौका पाउनेछन् ।

प्रतियोगिताका लागि छनोट हुने प्रतियोगीलाई एक महिनासम्म विशेष प्रशिक्षण प्रदान गरिने छ । उनीहलाई कोरियोग्राफर रोजिन शाक्यले सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षालगायतका विषयमा प्रशिक्षण दिनेछन् ।