logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जाजरकोट प्रशासनको सेवा बिहान ८ बजेदेखि नै


अंकुरण खबर
962
Shares

सेवाग्राहीको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय जाजरकोटले बिहान ८ बजेदेखि सेवा सुरु गरेको छ ।

राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको संख्या बढेपछि बिहानैदेखि सेवा दिन थालिएको सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीले बताए ।

यहाँ पछिल्लो समय राष्ट्रिय परिचयपत्र बनाउनेको संख्या बढेको छ । राहदानी बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि राष्ट्रिय परिचयपत्र बनाउने बढेका हुन् ।