logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अन्तर्राष्ट्रिय समितिमा माधव नेपाल: ‘ह्विस्कीको नसामा एसपीपीमा हस्ताक्षर गराउलान, सचेत रहनुहोस।’


अंकुरण खबर
1.3K
Shares

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकन स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)मा हस्ताक्षर गराउन प्रयास गर्लान भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई सचेत गराएका छन ।

संघीय संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिमा आफनो धारणा राख्दै अध्यक्ष नेपालले ‘ह्वस्किी’ खुवाएर सम्झौता गराउने आशंका गर्दै प्रधानमन्त्री देउवालाई सचेत गराएका हुन ।

अमेरिकन सरकारले देउवालाई भुलभुलैयामा पारेर हस्ताक्षर गराउन सक्ने खतरा अझै रहेको तर्फ नेपालको आशंका कायमै छ । ‘मिठो पारामा फकाएर ह्विस्की खुवाएर हस्ताक्षर गरिएला ख्याल गर्नुहोला’ नेपालको भनाई छ ।

अध्यक्ष नेपालले प्रधानमन्त्री देउवालाई सो बारेमा जानकारी माग गरेको पनि बैठकमा बताएका छन । ‘मैले प्रधानमन्त्रीलाई सोध्दा उहाले एसपीपीमा हस्ताक्षर गर्दिन कसैले भने पनि म गर्दिन भनेर भन्नू भो । यसो हेर्दा उहाँ अडानमा हुनुहुन्छ । उत्तरी सिमामा सैन्य गतिविधि हुन दिन्न भनेर प्रधानमन्त्रीले भन्नुभएको छ, त्यसमा म आश्वास्त भएको छु । कुनै पनि मुलुकको दववा स्वीकारिदैन । यस सम्झौतमा हाम्रो असहमति छ’ नेपालले बैठकमा भने । बैठक जारी छ।