दुबईबाट नेपाल आएका युवकमा मंकीपक्स भाइरसको संक्रमण पुष्टि भएन् ।
टेकु अस्पतालका अनुसार मंकीपक्सको आशंका गरिएका बिरामीमा मंकीपक्स नभई कुष्टरोगको लक्षण देखिएको हो ।
बिहिबार दुबईबाट काठमाडौँ आएका एक युवकमा मंकीपक्स भाइरसको संक्रमणको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको निगरानीमा राखिएको थियो । उनमा देखिएका लक्षण मंकीपक्ससंग मिल्दोजुल्दो भएकाले सबैलाई थप सतर्क रहन सरोकारवालाले आग्रह गरेका थिए ।