logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वामदेवको उद्घोष, पुनः कम्युनिस्ट पार्टी एकजुट गराउन लाग्छु


अंकुरण खबर
702
Shares

राष्ट्रियसभाका सांसद वामदेव गौतमले नेपालमा फेरि कम्युनिष्ट पार्टीहरू एकजुट हुनुपर्ने आवश्यक्ता रहेको बताएका छन् ।

शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै गौतमले केही समयदेखि आफू कुनै पनि पार्टीमा संलग्न नभएको उल्लेख गर्दै फेरि कम्युनिष्ट पार्टीहरू एकीकृत गर्ने अभियानमा लाग्ने विचार गरेको र केही समयपछि त्यसको घोषणा गर्ने योजना रहेको बताए ।

कम्युनिष्ट पार्टीहरूको एकताकै लागि आफुले कुनै पनि नेताहरूको बारेमा टिकाटिप्पणी नगरेको स्पष्ट पारे ।

नेपाललाई एउटा समृद्ध समाजवादमा पुर्‍याउने आशासहित गठन भएको नेकपा पार्टी भित्रको आन्तरिक समस्याका कारण ३ वटा टुक्रामा विभाजित भएको उल्लेख गर्दै उनले भने, ‘केही समयदेखि म नेपालको कुनै पनि पार्टीमा छैन । र, मेरो विचार कम्युनिष्ट पार्टीहरू फेरि एकजुट हुनुपर्छ भन्ने हो । त्यसो भएर मैले कुनै नेताको बारेमा टिकाटिप्पणी पनि गरेको छैन ।’