logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कार्यकारी अध्यक्षलाई दुर्व्यवहार गरेको छैन्, आवश्यक परे सिसीटिभी फुटेज देखाउछौं : मन्त्री आले


अंकुरण खबर
962
Shares

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल आयल निगमका कार्यकारी अध्यक्ष माथि कुनै दुर्व्यवहार नगरेको दाबी गरेका छन् ।

मन्त्री आलेले आफुमाथि विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा कार्यकारी अध्यक्ष युवराज अधिकारीमाथि हातपात गरेको कुरा भाइरल भएको प्रति आफ्नो ध्यानाकर्षण भएको र त्यस्तो दुर्व्यवहार नगरेको दावी गरेका हुन ।

उनले भनेका छन् ‘समाचारमा उल्लेख भएजस्तो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बोलाइ मातहतका कुनै पनि कर्मचारीलाई दुर्व्यवहार तथा हातपात गरिएको छैन र यस विषयलाई जोडेर आएको समाचार सत्य होइन ।

कतिपय कामहरुमा निर्देशन दिनुपर्ने, सचेत गराउनुपर्ने, सम्झाउनुपर्ने भएकाले त्यसो मात्र गरेको मन्त्री आलेको दावी छ । उनले यसबारे आवश्यक परे सिसीटिभी क्यामेरा फुटेज समेत देखाउने जीकिर गरेका छन् ।

आफ्नो कमजोरी लुकाउन कार्यकारी अध्यक्षले उल्टै आफूमाथि अनैतिक दबाब दिएको, विभिन्न शक्तिको प्रयोग गरी आफ्नो बदनाम गर्न खाजेको समेत मन्त्री आलेको दाबी छ ।