logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुस्त मनस्थितिकी युवतीमाथि सामुहिक बलात्कार आरोपीमध्ये दुई जना पक्राउ 


अंकुरण खबर
1.014K
Shares

दाङमा एक सुस्त मनस्थितिकी युवतीमाथि सामुहिक बलात्कार गरेको आरोप लागेका चारमध्ये दुई जना पक्राउ परेका छन् ।

तुलसीपुर उपमहनगरपालिका–५ की २५ बर्षीया  युवतीमाथि २ असार राति  तुलसीपुर–९ दोघरेस्थित निर्माणाधीन घरमा चार जनाले सामुहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

आरोपितमध्ये तुलसीपुर–९ दोघरेका २४ बर्षीय शंकर बिक र २३ बर्षीय कमल चौधरी पक्राउ परेका हुन् भने अन्यको खोजी जारी रहेको प्रहरी प्रमुख सुरेश काफ्लेले बताए ।