काठमाडौं महानगरपालिकाले आज आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ ।
आइतबार राष्ट्रिय सभा गृहमा दिउँसो ३ बजे नीति तथा कार्यक्रम सार्वजनिक गरिने महानगरपालिकाले तयारी गरेको छ ।
अहिलेको नीति तथा कार्यक्रममा प्रमुख राजनीतिक दल काँग्रेस, एमाले र एकीकृत समाजवादीका घोषणापत्रमा समावेश कार्यक्रमलाई पनि समेट्ने बताइएको छ । महानगरमा नेपाली काँग्रेसले १९, एमालेले १२ र एकीकृत समाजवादीले एउटा वडामा जित हासिल गरेको थियो ।
अहिले नीति तथा कार्यक्रम सार्वजनिक गर्नुअघि कार्यपालिका बैठक बसिरहेको छ । नीति तथा कार्यक्रमको मस्यौदा तयार पार्नका लागि तीन सदस्यीय समिति बनाएको थियो । महानगरपालिकाले आगामी १० असारमा बजेट ल्याउने छ ।
महानगरका मेयर बालेन्द्र शाह निर्वार्चित भएपछि पहिलो पटक आज नीति तथा कार्यक्रम सार्वजानिक गर्न लागेका हुन् ।