logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पूर्व माओवादीहरू एक ठाउँमा आउनुको बिकल्प छैन्, परिवेश बन्दैछ : प्रचण्ड


अंकुरण खबर
1.508K
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै पूर्व माओवादीहरू एक ठाउँमा आउने वातावरण बनेको दाबी गरेका छन्।

आइतबार काठमाडौँमा नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समिति बैठकमा बोल्दै प्रचण्डले मुलुकको परिवर्तनलाई रक्षा गर्नका लागि सबै पूर्व माओवादीहरू एक ठाउँमा आउने अवस्था तयार भएको दाबी गरेका हुन्।

प्रचण्डले एकताको विभाजनको श्रृखला पार गरेर अहिलेको अवस्थामा आएको भन्दै करिब करिब पूर्व माओवादी भन्नेहरू एक ठाउँमा आउने वातावरण बनेको र त्यसको असर अन्य सङ्गठनमा पनि पर्नु स्वाभाविक रहेको धारणा राखे। उनले परिवर्तन नरुचाउने तत्त्वहरू अहिले पनि यसलाई उल्टाउन सकिन्छ कि भन्ने खेलमा लागेको बताए।

प्रचण्डले कर्मचारीहरूले राखेका विषयहरूलाई प्राथमिकताका साथ अघि बढाइने बताए।