त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट सुनको लौरो भित्रिएको रेकर्ड नभेटिएको जनाइएको छ ।
दुबाईका राजकुमारले एमाले नेता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई सुनको लौरो उपहार दिएको विषयमा भन्सार कार्यालयबाट सुनको लौरो भित्रिएको रेकर्ड नभेटिएको भन्सार कार्यालयले जनाएको छ ।
यद्यपी, राजकुमारले झापा पुगेर प्रसाईलाई सुनको लौरो उपहार दिएको समचार सार्वजानीक भएको थियो । समचारको आधारमा भन्सार कार्यालयले आफ्नो मातहतको निकायबाट सुनको लौरो जाँचपास भए÷नभएको अध्ययन गर्दा उक्त सुनको लौरो नभेटिएको प्रष्ट पारेको हो ।