नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ ।
पेट्रोलमा प्रतिलिटर नै २१ रुपैयाँ मूल्यवृद्धि गरेको हो । नयाँ मुल्य अनुसार अब प्रतिलिटर पेट्रोलको मूल्य १९९ पुगेको छ ।
त्यस्तै डिजेल र मट्टीतेल प्रतिलिटर २७ रुपैयाँले बढेको छ । अब नयाँ मूल्य अनुसार डिजेल र मट्टीतेलको मूल्य १९२ पुगेको छ । निगम सञ्चालक समितिको बैठकले गए राति १२ बजेदेखि पेट्रोलियम पदार्थमा नयाँ मूल्य लागु गरेको हो ।
यस्तै हवाई इन्धनमा आन्तरिकतर्फ १९ रुपैयाँ र बाह्य तर्फ १०० अमेरिकी डलरले वृद्धि गरेको छ ।
खाना पकाउने ग्यासको मूल्य भने यथावत छ ।