logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

१५ प्रतिशत बढ्यो बस भाडा, आजैदेखि लागु हुने


अंकुरण खबर
2.977K
Shares

सरकारले निरन्तर पेट्रोलियम पदार्थको मुल्य बढाएपछि यातायात व्यवसायीले आफूखुसी गाडी भाडा वृद्धि गरेका छन् ।

पेट्रोलियम पदार्थको मूल्य बढेपछि यातायात व्यवस्था विभागले भाडा समायोजन गर्ने नियम भए पनि व्यावसायीले भाडा बढाएका हुन् ।

आजैदेखि लागु हुनेगरि पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले १५ प्रतिशत भाडा बढाएको छ ।

सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएका कारण आफुहरुले रहरले नभई बाध्य भएर भाडा बढाउनु परेको व्यावसायीले बताएका छन् ।

पृथ्वी राजमार्ग कम्पनीबाट चल्ने सबै गाडीमा भाडा बढेको छ । यसअघि चैतमा पनि कम्पनीले आफुखुसी २० प्रतिशत भाडा बढाएको थियो ।