logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पेट्रोलियम पदार्थको मूल्य वृद्धिबारे जानकारी दिन सरकारलाई सभामुखको रुलिङ


अंकुरण खबर
988
Shares

सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई पेट्रोलियम पदार्थको मूल्यवृद्धि सम्बन्धमा जवाफ दिन निर्देशन गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद पद्मा अर्यालले मूल्यवृद्धिबारे सदन र जनतालाई सम्बन्धित् मन्त्रीले जवाफ दिनुपर्ने र यसका लागि रुलिङ जारी गर्न सभामुख सापकोटासँग माग गरेकी थिइन् । सरकारले जनतामाथि अत्याचार गरेको भन्दै उनले रुलिङ जारी नभएसम्म बैठक चल्न नसक्ने बताइन् ।

त्यस पछि सभामुखले मूल्यवृद्धिबारे यथार्य धारणा सार्वजानिक गर्न सरकारलाई निर्देशन दिएका हुन् ।

उनले भने ‘माननीयज्यूले उठाएको विषयमा मेरो पनि ध्यानाकर्षण भएको छ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि सम्बनधमा सत्य तथ्य के हो सदन समक्ष जानकारी गराउँन सरकारलाई निर्देशन गर्दछु ‘।

सरकारले गएरातिबाट लागु हुनेगरी पेट्रोलियम पदार्थमा धेरै मूल्यवृद्धि गरेको थियो । पछि सरकारको चौतर्फी विरोध भएको छ ।