प्रतिनिधि सभाको बैठक आज (मंगलबार) पनि बस्दैछ। बैठक दिउँसो १ बजे बस्नेगरी बोलाइएको छ।
संसद् सचिवालयका अनुसार बैठकमा गृहमन्त्री बालकृष्ण खाणले (सामाजिक सुरक्षा) पहिलो संशोधन विधेयक, २०७९ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले बिरूवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यस्तै मन्त्री यादवले नै बिउ बिजन (दोस्रो संशोधन) विधेयक, २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।