नेकपा एकीकृत समाजवादीले पोलिटब्यूरो, केन्द्रीय कमिटी र केन्द्रीय परिषदको बैठक बोलाएको छ ।
यही असार १० गते पोलिटब्यूरो बैठक पार्टी कार्यालय, ११ गते केन्द्रीय कमिटी बैठक कार्की ब्याङ्क्वेट र १३ र १४ गते केन्द्रीय परिषदको बैठक प्रज्ञाभवन कमलादीमा गर्ने गरि बोलाइएको हो ।
पार्टीको तीन वटा कमिटीमा चुनावी समीक्षा र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने छ । बैठकमा अध्यक्ष माधव नेपालले प्रस्तुत गर्नेे राजनीतिक प्रतिवेदन र समसामयिक राजनीतिका बिषयकाबारे छलफल हुने छ ।