logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यातायात व्यवस्था कार्यालय एकान्तकुनाका तत्कालीन प्रमुखसहित १७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर (आरोप पत्रसहित)


अंकुरण खबर
923
Shares

अख्तियर दुरूपयोग अनुसन्धान आयोगले सरकारी कागजात सच्याई गैरकानूनी रुपमा भ्रष्टाचार गरेको आरोपमा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति-पत्र, एकान्तकुनाका तत्कालीन कार्यालय प्रमुखसहित १७ जनाविरूद्ध मुद्दा दायर गरेको छ ।

आयोगले आज काठमाडौं विशेष अदालमा उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो । भ्रष्टचारको आरोपमा मुद्दा दायर हुनेहरुमा तत्कालीन कार्यालय प्रमुखहरु सम्बर बहादुर कार्की र राजुभाई कुस्मा, मेकानिकल इन्जिनियर विजय राज गिरीसमेत १२ जना कर्मचारी र ५ जना विचौलियाहरु रहेको अख्तियारले जनाएको छ ।

यातायात व्यवस्था कार्यालय ललितपुरका कर्मचारीहरुले गैरकानूनी रुपमा सवारी चालक अनुमति पत्र जारी गर्ने गरेको भन्ने समाचार सञ्चार माध्यममा प्रकाशित भएको थियो । सोही समाचारमा आधारित उजुरी निवेदनका क्रममा अनुसन्धान गर्दा उनीहरुले सवारी चालक अनुमति-पत्रको नवीकरण गर्ने सम्बन्धमा गलत नियतले मातहतका कर्मचारीहरुलाई अख्तियारी प्रदान गरेको खुलेको अख्तियारले विज्ञप्तिमार्फत जनाएको छ ।

अख्तियरले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसुर गरेकोले सोही ऐनअनुसार उनीहरूविरूद्ध सजायका लागि मागदाबीसहित आरोपपत्र दायर गरेको हो।