logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दोर्दी खोला जलविद्युतको आईपीओ बाँडफाँड हुँदै


अंकुरण खबर
975
Shares

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड हुँदैछ।

कम्पनीको सेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार क्यापिटलको कार्यालयमा आज बुधबार बिहान ९ बजे आईपीओ बाँडफाँड गरिनेछ।कम्पनीको आईपीओमा अन्तिम दिन ३१ जेठसम्ममा १५ लाख ६४ हजार ५२२ वटा आवेदनबाट १ अर्ब ७९ करोड ३३ लाख ७ हजार रुपैयाँ बराबरको १ करोड ७९ लाख ३३ हजार ७० कित्ता सेयरको लागि आवेदन परेको थियो। यो सर्वसाधारणलाई छुट्टाएको २० लाख १९ हजार ८६९ कित्ता सेयरको ८ गुणा बढी हो।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई छुट्टाइएको सेयर बाँडफाँट गरी बिक्री हुन बाँकी रहेको २ लाख ९७ हजार ८४० कित्तासहित गरी प्रतिकित्ता १०० अंकित दरका २१ लाख ९५ हजार ५०९ कित्ता साधारण सेयर सर्वसाधारणमा निष्काशन तथा बिक्री खुला गरेको थियो।

त्यसमध्ये ३ प्रतिशत अर्थात् ६५ हजार ८६५ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् १ लाख ९ हजार ७७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी २० लाख १९ हजार ८३९ कित्ता सेयर मात्रै वितरण हुनेछ ।

त्यस अनुसार २ लाख १ हजार ९८६ जनाले मात्रै १० कित्ता सेयर पाउनेछन्।