logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तोलामा ४०० रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि सामान्य गिरावट


अंकुरण खबर
1.001K
Shares

साप्ताहिक कारोबारको चौथो दिन (बुधबार)नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्यमा सामान्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ। बुधबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ८०० रुपैयाँ कायम भएको छ।

यसअघि, मंगलबार भने छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ थियो। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ थियो। मंगलबार सुनको कारोबार अघिल्लो दिन (सोमबार) कै दरमा भएको थियो।

बुधबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ। तोलामा १० रुपैयाँ घटेर बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार २५५ कायम भएको छ। यसअघि मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार २६५ रुपैयाँ थियो ।