logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

इच्छाराजलाई छाड्न न्यायाधीशले घुस डिल गरेको अडियो सार्वजनिक भएपछि न्यायपरिषद्को बैठक बस्दै


अंकुरण खबर
871
Shares

ठगी मुद्दामा पक्राउ परेका व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा रिहा गर्न न्यायाधीश र अधिवक्ताबीच दुई करोडको डिल भएको खुलासा भएपछि न्यायपरिषद्को बैठक बोलाइएको छ ।

जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रूद्र पोखरेलबीच कुराकानी भएको अडिओ सार्वजनिक भएसँगै रहस्य खुलेको हो। यो घटना बाहिरिएसंगै कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपरिषद्को बैठक बोलाएका छन्। बुधबार दिउँसो १ बजे बस्नेगरि न्यायपरिषद्को बैठक बोलाइएको हो।

काठमाडौंका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच  व्यावसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन घुस लेनदेनबारेको अडियो सार्वजनिक भएको थियो। मंगलबार न्यूज २४ टेलिभिजनले अडियो सार्वजनिक गरेको हो।

गम्भीर विषयको अडियो बाहिर आएपछि यसबारे बुझ्नका लागि बैठक बोलाइएको न्यायपरिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए।

सार्वजनिक भएको अडियोमा तामाङलाई १० करोडमा छुटाउन प्रस्ताव गरिएको छ र त्यसबापत २ करोड आफूहरुले पाउने अडियो सुन्न सकिन्छ। तामाङलाई काठमाडौँ जिल्ला अदालतले गत १४ पुसमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।