logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

निर्वाचन आयोगमा रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता नगर्न उजुरी


अंकुरण खबर
1.157K
Shares

रवि लामिछानेले निर्वाचन आयोगमा दल दर्ताका लागि दिएको निवेदन खारेजीको माग गर्दै उजुरी परेको छ।

लामिछानेले मंगलबार निर्वाचन आयोगमा‘राष्ट्रिय स्वतन्त्र पार्टी’नामक दल दर्ताको लागि निवेदन दिएका थिए। त्यसविरुद्ध आगामी प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरुले उजुरी दिएका हुन्।

स्वतन्त्र उम्मदवारी घोषणा गरेका मनोज पण्डित, राजकुमार बजगाइँ, पुष्कर शाह लगायतले निर्वाचन आयोगमा उजुरी दिएका हुन्। त्यस्तै स्वतन्त्र उम्मेदवारी अभियानका तर्फबाट डम्बर शाहुले उजुरी दिएका छन्।

उनीहरुले लामिछाने नेतृत्वमा घोषणा गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी ले दिएको निवेदन उपर विमति रहेको जनाएका छन्।

स्वतन्त्र शव्दको आफैंमा महत्व रहेको र दलिय भीडबाट फरक छुट्याउन यसले अर्थ बोक्ने हुँदा यसलाई दलको नाम दिँदा स्वतन्त्र उम्मेदवारहरुलाई असहज परिस्थिति उत्पन्न हुने पण्डित लगायतले दिएको निवेदनमा उल्लेख गरिएको छ।

यसले जनतामा भ्रम र अन्योल उत्पन्न गरी स्वतन्त्र शब्दको अर्थमै अपव्याख्या हुने अवस्था भएकाले उक्त दलको नामको विषयमा श्रीमानले गहन विश्लेषण गरी निर्णय लिन हुन अनुरोध गर्दछौुं निवेदनमा भनिएको छ।