काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पुँजी बजारलाई बलियो बनाउनेतर्फ सोच्नुपर्ने बताएका छन्।
धितोपत्र बोर्डको कार्यालय परिसरमा अनशन बसिरहेका तिलक कोइरालालाई बुधबार भेट गरी सो कुरा बताएका हुन्।
पुँजी बजार विकास तथा सुधारको माग राख्दै लगानीकर्ता तिलक कोइराला विगत ८ दिनदेखि आमरण अनसनमा बसेका छन्। त्यहाँ पुगेर मेयर बालेन्द्रले कतिपय ठाउँमा ‘मिस युज’ भएको भन्दै समन्वय गरेर अघि बढ्नुपर्ने बताए।
उनले भने, ‘लगानीकर्ताको मागमा हाम्रो पनि समर्थन छ। हाम्रोतर्फबाट के गर्न सकिन्छ त्यसमा लाग्छौँ। बजारलाई खस्काउने होइन बलियो बनाउनतर्फ लाग्नुपर्छ। सबै निकाय गम्भीर हुनुपर्छ।’