logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

साउन १ गतेदेखि काठमाडौंमा कुहिने र नकुहिने फोहोर छुट्याए नराखे पाँच सय जरिवाना


अंकुरण खबर
1.157K
Shares

काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर छुट्याएर नराखे फोहोर नउठाउने साथै कारबाही गर्ने भएको छ।

बिहीबार एक सूचना जारी गर्दै महानगरले कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने बताएको हो।  कुहिने र नकुहिने फोहोर एकै ठाउँमा राखेमा प्रत्येक पटक पाँच सयका दरले जरिवाना हुने महानगरको चेतावनी छ।

कुहिने र नकुहिने फोहोर छुट्याउने जिम्मेवारी उत्पादनकर्ताकै भएकोले कुहिने र नकुहिने फोहोरका लागि बेग्लाबेग्लै दिन फोहोर संकलन गर्न गाडी पठाइने महानगरको सूचनामा उल्लेख छ। कुहिने र नकुहिने फोहोर नछुट्याए त्यहाँबाट फोहोर नउठाउने पनि महानगरले बताएको छ।

काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा २२ (१), (२) र फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ६ (१), (२) को व्यवस्था अनुसार साउन १ गतेदेखि स्रोतमा कुहिने र नकुहिने फोहोर छुट्याउन महानगरवासीलाई आग्रह गरिएको सूचनामा उल्लेख छ।