logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भक्तपुरमा टिपर र मोटरसाइकल ठोक्किँए, दुई जनाको गयो ज्यान


अंकुरण खबर
1.352K
Shares

भक्तपुरको सूर्यविनायकमा भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।

गएराति २ बजेतिर सूर्यविनायक नगरपालिका-८ आदर्शचोकमा बा ८९ प ७८७६ नम्बरको मोटरसाइकल र बा ४ ख ५२९८ नम्बरको टिपर ठोक्किँदा मोटरसाइकलमा रहेका दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाएकामध्ये भक्तपुर नगरपालिका–२ ब्यासी बस्ने १९ वर्षका निश्चल चौगुठीको मात्रै परिचय खुलेको छ । एक जनाको परिचय खुल्न बाँकी छ ।

टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।